इण्डोनेशियामा भएको निर्वाचनमा निवर्तमान राष्ट्रपतिको अग्रता | Khabarhub Khabarhub

इण्डोनेशियामा भएको निर्वाचनमा निवर्तमान राष्ट्रपतिको अग्रता


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जकार्ता– इण्डोनेशियामा भएको राष्ट्रपतीय निर्वाचनमा निवर्तमान राष्ट्रपति जोको ‘जोकोवी’ विदोदोले अग्रता लिएका छन् ।

नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनअन्तर्गत प्रारम्भिक चरणको अनौपचारिक मतपरिणाम अनुसार विदोदोले अग्रता लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हालसम्म गणना भएको मतपरिणाम अनुसार उनले आधा भन्दा धेरै मत पाएको जनाइएको छ ।

जकार्तामा रहेको सीएसआईएइस नामक सर्वेक्षण संस्थाले जनाए अनुसार विदोदोले ५५ दशमलब ७ प्रतिशत मत ल्याएको तथा उनका निकटतम प्रतिद्वन्द्वी प्राबोवो सुबियान्तोले ४४ दशमलब ३ प्रतिशत मत ल्याएका छन् । यद्यपि औपचारिक मतपरिणाम सार्वजनिक हुन भने केही समय लाग्ने बताइएको छ ।

विदोदोले भने आफूले जित्ने संकेत देखिएपनि निर्वाचन आयोगको अन्तिम मतपरिणाम सार्वजनिक नभएसम्म हतार नगर्ने बताएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ४ : ४९ बजे

भरतपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

चितवन– भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित सडकमा बागमती प्रदेश ०२-०५६ प ९८०४ नम्बरको मोटरसाइकल

सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : सञ्चारमन्त्री खरेल

काठमाडौं– सरकारले रिक्त रहेका देशमा तत्काल राजदूत नपठाउने भएको छ

बोल्दाबोल्दै ढलेका गौतमलाई भएको ‘कार्डियाटिक अरेस्ट’ कस्तो समस्या हो ? 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोधमा आयोजित सभालाई

प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदूतको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले

रञ्जिताले दिइन् नाउपा नेपालका प्रस्तावित अध्यक्ष कबीरलाई बधाई 

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी