इण्डोनेशियामा भएको निर्वाचनमा निवर्तमान राष्ट्रपतिको अग्रता « Khabarhub

इण्डोनेशियामा भएको निर्वाचनमा निवर्तमान राष्ट्रपतिको अग्रता


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जकार्ता– इण्डोनेशियामा भएको राष्ट्रपतीय निर्वाचनमा निवर्तमान राष्ट्रपति जोको ‘जोकोवी’ विदोदोले अग्रता लिएका छन् ।

नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनअन्तर्गत प्रारम्भिक चरणको अनौपचारिक मतपरिणाम अनुसार विदोदोले अग्रता लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हालसम्म गणना भएको मतपरिणाम अनुसार उनले आधा भन्दा धेरै मत पाएको जनाइएको छ ।

जकार्तामा रहेको सीएसआईएइस नामक सर्वेक्षण संस्थाले जनाए अनुसार विदोदोले ५५ दशमलब ७ प्रतिशत मत ल्याएको तथा उनका निकटतम प्रतिद्वन्द्वी प्राबोवो सुबियान्तोले ४४ दशमलब ३ प्रतिशत मत ल्याएका छन् । यद्यपि औपचारिक मतपरिणाम सार्वजनिक हुन भने केही समय लाग्ने बताइएको छ ।

विदोदोले भने आफूले जित्ने संकेत देखिएपनि निर्वाचन आयोगको अन्तिम मतपरिणाम सार्वजनिक नभएसम्म हतार नगर्ने बताएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ४ : ४९ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट