कोरोना संक्रमणबाट नेकपाका नेता भट्टराईको निधन « Khabarhub

कोरोना संक्रमणबाट नेकपाका नेता भट्टराईको निधन


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कुन्दन भट्टराईको कोरोना सङ्क्रमणका कारण शुक्रबार साँझ निधन भएको छ ।

काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले बताए ।

फोक्सोको क्यान्सर रोगको उपचार गराइरहेका नेता भट्टराईलाई केही दिनअघि कोरोना पोजिटिभ र स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट एयर एम्बुलेन्समार्फत मेडिसिटी लगिएको थियो ।

अर्जुनधारा नगरपालिका–५ घर भएका मृदुभाषी, जुझारु र बौद्धिक राजनीतिज्ञ भट्टराईकी पत्नी विष्णु भट्टराई, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  २ : १५ बजे

अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल

भेनेजुएलाका राष्ट्रपतिको अवस्था अझै अज्ञात

काराकास- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अवस्था अझै अज्ञात छ ।

‘विधान अनुसार नै एन्फाको निर्वाचन हुन्छ’

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको

विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफल

काठमाडौं– नेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।