कसरी गर्नुहुन्छ ब्रस ? यस्तो छ दाँत माझ्ने सही तरिका « Khabarhub

कसरी गर्नुहुन्छ ब्रस ? यस्तो छ दाँत माझ्ने सही तरिका


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाँत शरीरको एउटा यन्त्र नै हो । यसले शरीरलाई आवश्यक खाने कुरालाई एक प्रक्रियामा ढालेर पाचन प्रणालीमा पठाउँछ ।

दाँत सौन्दर्यमा पनि महत्वपुर्ण छ । त्यसैले यसको नियमित सफाइ हुनुपर्दछ । विभिन्न अध्ययन र चिकित्सकका सुझावलाई आधार मान्दै हामीले यहाँ दाँत माझ्दा ध्यान दिनुपर्ने ७ तरिका प्रस्तुत गरेका छौँ-

१. कुल्ला

खाना खाएपछि अनिवार्य रुपमा मज्जाले मुख कुल्ला गर्नु पर्दछ । मुख कुल्ला गर्दा दाँतमा अड्किएका खानाका टुक्राहरु निस्कने गर्दछन् र सड्न पाउँदैन ।

२. धेरै नरगड्ने

दाँत माझ्दा ब्रसले धेरै रगड्यो भने दाँतको इनामेल जान्छ । साथै यसले दाँतको क्षमता र गिजाँमा समेत घाउ बनाउन सक्छ । तसर्थ ब्रस गर्दा बिस्तारै गर्नु पर्दछ ।

३. सही पेष्टको छनौट

दाँत माझ्न प्रयोग गरिने पेस्ट सही हुनु पर्दछ । बजारमा पाइने अनेकखाले पेष्टको सट्टा चिकित्सकको परामर्शमा आफ्नो दाँत अनुकुलको पेष्ट लिनु बुद्धिमानी हुन्छ ।

४. ब्रस

दाँत माझ्ने ब्रस नरम हुनुपर्छ । आर्कषक देखिने  ब्रसले दाँत माझ्दैमा किरा लाग्दैन भन्ने हुँदैन । ब्रसको ब्रिस्टल सानो हुनुपर्छ ।

५. माझ्ने तरीका

दाँत माझ्दा पहिला खाली ब्रसले दातमा अड्एिको खानाको टुक्राहरु निकाल्ने त्यसपछि मात्र पेस्ट लगाएर १ देखि २ मिनेटसम्म तलमाथि गरेर माझ्नु उपयुक्त मानिन्छ ।

६. स्थान

कतिपय मानिसहरू समय बचत गर्न ट्वाइलेट बस्दा दाँत माझ्ने गर्दछन् । तर, ट्वाइलेट बस्दा दाँत माझ्दा यसले मुख र ब्रस दुबैमा फोहोरी भाइरसको प्रवेश हुन सक्छ । तसर्थ दाँत माझ्दा स्वस्थ स्थानको चयन गर्नु पर्दछ ।

७. पटक

दाँत माझ्ने भन्ने बित्तिकै बिहान मात्र माझ्ने भन्ने बुझ्नु हुँदैन । दाँतलाई अनिवार्य बिहान बेलुकाको खानापछि माझ्नु पर्दछ ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ५ : ४० बजे

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौं– यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य