कसरी गर्नुहुन्छ ब्रस ? यस्तो छ दाँत माझ्ने सही तरिका | Khabarhub Khabarhub

कसरी गर्नुहुन्छ ब्रस ? यस्तो छ दाँत माझ्ने सही तरिका


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाँत शरीरको एउटा यन्त्र नै हो । यसले शरीरलाई आवश्यक खाने कुरालाई एक प्रक्रियामा ढालेर पाचन प्रणालीमा पठाउँछ ।

दाँत सौन्दर्यमा पनि महत्वपुर्ण छ । त्यसैले यसको नियमित सफाइ हुनुपर्दछ । विभिन्न अध्ययन र चिकित्सकका सुझावलाई आधार मान्दै हामीले यहाँ दाँत माझ्दा ध्यान दिनुपर्ने ७ तरिका प्रस्तुत गरेका छौँ-

१. कुल्ला

खाना खाएपछि अनिवार्य रुपमा मज्जाले मुख कुल्ला गर्नु पर्दछ । मुख कुल्ला गर्दा दाँतमा अड्किएका खानाका टुक्राहरु निस्कने गर्दछन् र सड्न पाउँदैन ।

२. धेरै नरगड्ने

दाँत माझ्दा ब्रसले धेरै रगड्यो भने दाँतको इनामेल जान्छ । साथै यसले दाँतको क्षमता र गिजाँमा समेत घाउ बनाउन सक्छ । तसर्थ ब्रस गर्दा बिस्तारै गर्नु पर्दछ ।

३. सही पेष्टको छनौट

दाँत माझ्न प्रयोग गरिने पेस्ट सही हुनु पर्दछ । बजारमा पाइने अनेकखाले पेष्टको सट्टा चिकित्सकको परामर्शमा आफ्नो दाँत अनुकुलको पेष्ट लिनु बुद्धिमानी हुन्छ ।

४. ब्रस

दाँत माझ्ने ब्रस नरम हुनुपर्छ । आर्कषक देखिने  ब्रसले दाँत माझ्दैमा किरा लाग्दैन भन्ने हुँदैन । ब्रसको ब्रिस्टल सानो हुनुपर्छ ।

५. माझ्ने तरीका

दाँत माझ्दा पहिला खाली ब्रसले दातमा अड्एिको खानाको टुक्राहरु निकाल्ने त्यसपछि मात्र पेस्ट लगाएर १ देखि २ मिनेटसम्म तलमाथि गरेर माझ्नु उपयुक्त मानिन्छ ।

६. स्थान

कतिपय मानिसहरू समय बचत गर्न ट्वाइलेट बस्दा दाँत माझ्ने गर्दछन् । तर, ट्वाइलेट बस्दा दाँत माझ्दा यसले मुख र ब्रस दुबैमा फोहोरी भाइरसको प्रवेश हुन सक्छ । तसर्थ दाँत माझ्दा स्वस्थ स्थानको चयन गर्नु पर्दछ ।

७. पटक

दाँत माझ्ने भन्ने बित्तिकै बिहान मात्र माझ्ने भन्ने बुझ्नु हुँदैन । दाँतलाई अनिवार्य बिहान बेलुकाको खानापछि माझ्नु पर्दछ ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ५ : ४० बजे

आज ७९औँ जयतु संस्कृतम् दिवस

काठमाडौं– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम्  दिवस आज (आइतबार)

सभामुख घिमिरे र दलका प्रमुख सचेतकहरुबीच छलफल

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक

भारतको उत्तराखण्ड गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं– भारतको उत्तराखण्डमा पर्ने केदारनाथ धाम पुगेर फर्किएको हेलिकोप्टर दुर्घटना

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

बाँके– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का ८६ अव्यवस्थित

मगर समुदायले भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा 

दाङ– मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन्