अस्पतालबाट डिस्चार्ज भए मनोज गजुरेल « Khabarhub

अस्पतालबाट डिस्चार्ज भए मनोज गजुरेल


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९) संक्रमित भएर स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हास्यकलाकार मनोज गजुरेल  डिस्चार्ज भएका छन् ।

उनले आफू डिस्चार्ज भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी  दिएका हुन् ।

गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता उनी होम आइसोलेसनमा बसेका थिए । पछि उनको स्वास्थ्यमा समस्या आएपछि  उनी बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका थिए ।

उनले आफ्नो फेसबुक पेजमा आइतबार लेखेका छन्, ‘११ दिनको अस्पताल बसाईपश्चात् घर फर्किएर आराम गरिरहेको छ । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु ।’

साथै उनले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले महामारीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : ५५ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले