३४ वर्षपछि फरार अभियुक्त पक्राउ « Khabarhub

३४ वर्षपछि फरार अभियुक्त पक्राउ


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी – नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा ३४ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन् ।

जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्त साविक रामनगर गाविस–१ (हाल सुनवल नगरपालिका–१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो ।

तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनले विसं २०४३ असार ८ गते सापकोटालाई जिउ मास्ने बेच्ने मुद्दाअन्तर्गत १० वर्षको सजाय फैसला गरेपछि फरार रहेका सापकोटालाई ३४ वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार तोकिएको १० वर्ष सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको उनले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ९ : ४३ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम