देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु | Khabarhub Khabarhub

देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको देउखुरीमा ट्रकको ठक्करबाट  एक महिलाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।

विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको  ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।

महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ४ : ४५ बजे

नाडा अटो शो मंगलबारदेखि

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ भोलि (मंगलबार)देखि

टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार

सिटिजन्स म्युचुअल फण्ड–२ ले ८.२५ प्रतिशत लाभांश दिने

काठमाडौं– सिटिजन्स बैंक कोष प्रवर्द्धक भएको र सिटिजन्स क्यापिटलको योजना

मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टासविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक

सिरहामा यसवर्षको रोपाइँ अन्तिम चरणमा

सिरहा– लामो समयको खडेरीपछि सिरहामा रोपाइँ अन्तिम चरणमा पुगेको छ