जलेर बालिकाको मृत्यु « Khabarhub

जलेर बालिकाको मृत्यु


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गएराति एक बालिकाको मृत्यु भएको छ ।

कमल–२ स्थित थापा गाउँका ध्रुव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ  ।

बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो ।

आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।

आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते भएका छन् ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको आएको प्रनाउ पण्डितले वताए ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  १० : ०१ बजे

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी–  आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ