इराक र अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजाने अपेक्षा « Khabarhub

इराक र अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजाने अपेक्षा


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता लैजाने आदेश दिने अमेरिकी सेनाले आशा गरेको बताएका छन् ।

किनकि, यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमससम्म सबै अमेरिकी सैनिकलाई फिर्ता बोलाउन चाहेको बताएका थिए ।

समाचारका अनुसार अफगानिस्तानमा सन् २०२१ को जनवरीसम्म आधा सैनिक फिर्ता गरेर २५०० जनामा झारिने र इराकमा ५०० सैनिक कटौती गरेर २५०० मात्र राखिनेछ ।

सञ्चारमाध्यमका रिपोर्ट अनुसार सैनिक फिर्ता ल्याउने काम जनवरी १५ सम्म सकिनुपर्ने छ ।

यसअघि पनि राष्ट्रपति ट्रम्पले सेनालाई घर फिर्ता बोलाउने बताउँदै आएका छन् ।

अफगानिस्तानमा सन् २००१ देखि अमेरिकी सेना रहेका छन् । सन २००१ सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकामा हमला गरेको केही सातापछि अमेरिकी नेतृत्वको संयुक्त सेनाले तालिबान सत्ता अन्त्य गरेको थियो ।

त्यसबेला अफगानिस्तानलाई अलकायदाको आधार क्षेत्र मानिन्थ्यो ।

तालिबान पुनः संगठित भएर सन् २०१८ देखि देशको दुई तिहाइ भागमा सक्रिय रहँदै आएको छ । अमेरिकाले यसै वर्षदेखि तालिबानसँग शान्ति सम्झौता गरेर आफ्ना सेना फिर्ता गर्न थालेको हो ।

इराकबाट पनि अमेरिकाले आफ्ना सेना फिर्ता लगेको छ । सेप्टेम्बरमा अमेरिकाले ५२०० सेनाबाट घटाएर ३००० पु¥याएको थियो ।

अमेरिकी नेतृत्वको फौजले सन् २००३ मा इराकमाथि कब्जा गरेर राष्ट्रपत्ति सद्दाम हुसेनलाई हटाएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १ : ५४ बजे

विश्वकप प्रतियोगिता मात्रै होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि हो : रोहित पौडेल

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप केवल

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका

आजका समाचार : निर्वाचन एकै चरणमा, कांग्रेसले चुनावअगाडि कसैसँग तालमेल नगर्ने, इरान-अमेरिका वार्ता भोलि र अभ्यास खेलमा नेपाल विजयी

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ताप्रधानमन्त्री सुशीला कार्की

अमेरिकासँग वार्तामा सहभागी हुन इरानलाई आग्रह

दोहा– जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई अमेरिकासँग हुने योजनाबद्ध वार्तामा