गुगल म्यापबाट यसरी खोज्नुहोस् आफ्नो हराएको मोबाइल | Khabarhub Khabarhub

गुगल म्यापबाट यसरी खोज्नुहोस् आफ्नो हराएको मोबाइल


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्मार्टफोन हाम्रो जिन्दगीको अहम् हिस्सा बनिसकेको छ । मान्छेले आफ्नो जीवनको आधा हिस्सा मोबाइललाई बनाइसकेका छन् ।

मोबाइल धेरैले प्रयोग गर्दै आए पनि यसको जतन गर्न भने कति चुकेका हुन्छन् । मोबाइल हरायो भने त्यसलाई खोजी गर्न सकिन्छ भन्ने पनि कमैलाई थाहा हुन्छ ।

एप्पल प्रयोगकर्तालाई एप्पलले ‘फाइन्ड माइ फोन’ को सुविधा दिएको हुन्छ । यस्तै एन्ड्रोइडले ‘फाइन्ड योर फोन’ फिचर दिएको हुन्छ ।

यो फिचरलाई सक्रिय बनाउँदा यो फोन भेटिन सक्ने सम्भावना हुन्छ । गुगल म्याप्सको मद्दतबाट आफ्नो फोन कहाँ छ भन्ने थाहा पाउन सकिन्छ ।

लोकेसन ट्रयाक गरेर फोन भेट्याउन तपाईंले खासै केही गर्नु पनि पर्दैन ।

गुगल म्यापको मद्दतबाट हराएको फोन खोजी गर्न सक्नुहुन्छ । यसका लागि तपाईंसँग मोबाइल, ल्यापटप या कम्प्युटर हुनुपर्छ, जसमा इन्टरनेट पनि हुनुपर्छ ।

तपाईंले इन्टरनेट ब्राउजरमा मा जानुपर्ने हुन्छ । त्यसपछि गुगल म्याप खुल्नेछ । त्यसमा तपाईंले गुगल आइडी हान्नुपर्ने हुन्छ । त्यसमा हराएको एन्ड्रोइड फोनमा राखेको गुगल आइडी नै हान्नुपर्ने हुन्छ ।

आइडी ‘साइन इन’ हुनासाथ दायाँतर्फ ३ वटा थोप्लो दिएको हुन्छ । त्यसमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि तपाईं ‘योर टाइमलाइन’ अप्सनमा जानुपर्ने हुन्छ । त्यहाँ तपाईंले वर्ष, महिना र दिन राख्नुपर्ने हुन्छ, जुन दिन तपाईंको मोबाइल हराएको थियो ।

यसका लागि तपाईंले गुगल म्याप एप पनि प्रयोग गर्न सक्नुहुन्छ ।

गुगल म्यापमा पनि तपाईंले हराएको मोबाइलमा राखेको जिमेल खाता नै राख्नुपर्ने हुन्छ ।

हराएको मोबाइलमा लोकेसन फिचर अन हुनासाथ यो फिचरले काम गर्नेछ र तपाईंले आफ्नो फोन कहाँ छ भनेर लोकेसनका आधारमा थाहा पाउनुहुनेछ ।

 

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ३ : २४ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन