नेपालले दोस्रो खेल बराबरी खेले पनि सिरिज बंगलादेशले जित्यो « Khabarhub

नेपालले दोस्रो खेल बराबरी खेले पनि सिरिज बंगलादेशले जित्यो


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बरारबरी खेलेको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा गोलरहित बराबरीमा सकिएको हो ।

दोस्रो खेलमा नेपालले बरारबरी खेलेपनि मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको ट्रफी भने बंगलादेशले जितेको छ ।

सिरिजको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

आजको  खेलमा बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गर्न सकेको खण्डमा मात्र नेपाल उपाधि जित्ने सम्भावना थियो  । तर, खेलाडीहरुले गोल गर्न भने सकेनन् ।

अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिएपनि उनी खेलको १९ औं मिनेटमा नवयुग श्रेष्ठसँग सब्स्टीच्युट भए ।
खवास मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेमजोङले गरिरहेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले फागुन अन्तिमदेखि नै खेलकुदका गतिविधिमा प्रतिवन्ध लगाएको थियो । त्यसयता नेपालले बंगलादेशसँग खेलेको खेल नै पहिलो हो ।

अब भने नेपाल सरकारले खेल गतिविधि सुचारुका लागि अनुमति दिइसकेको छ । त्यसैले छठ पछि फुटबलको पनि नियमित अभ्यास सुरु हुने अपेक्षा गरिएको छ ।

दोस्रो खेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले सुरुवाती ११ मा केही परिवर्तन गरेका थिए । जसमा रक्षापंक्तिमा पहिलो खेलमा सुरुवाती ११ मा परेका अजित भण्डारी र सुमन अर्यालको स्थानमा छिरिङ गुरुङ र रञ्जित धिमाल मैदानमा उतारिएको थिइ ।

मिडफिल्डमा अनुभवी खेलाडी विक्रम लामाको स्थानमा पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु पाएका एरिक बिष्ट सुरुवाती ११ मा परे ।

फरवार्डमा भरत खवास र दर्शन गुरुङले सम्हालेका थिए तर, खेलको १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान छिरे ।

आजको खेलमा शेसेहाङ आङ्दाम्बे र पुजन नगरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । उनीहरु दुवै खेलाडी सब्स्टीच्युटका रुपमा मैदान प्रवेश गरेका थिए ।

यसैबीच नेपाल र बंगलादेशबीचको खेल हेर्न रंगशाला पुगेका एक दर्शक मैदान छिरेपछि केही समय खेल अवरुद्ध भएको थियो ।

उनी मैदानमा बंगलादेशका कप्तान जमल बुयानको सेल्फीका लागि पुगेका थिए । जसमा उनले सेल्फी समेत लिए तर, अफिसियल र सुरक्षा गार्ड आएर उनलाई मैदानबाट बाहिर निकालेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ६ : ५२ बजे

बराम जातिको विशेष वा स्वायत्त क्षेत्र सुनिश्चित नगरेसम्म मत नदिने संघको घोषणा

काठमाडौं– नेपाल बराम संघले बराम जातिको थातथलोलाई समेटेर विशेष, संरक्षित

काठमाडौं महानगरका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ४५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा

जेन-जीका नाममा लुटिएको पेस्तोल कुखुराको खोरमा भेटियो, एकजना पक्राउ, अर्का युवा फरार

झापा– गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा लुटिएको पेस्तोल,

जेनेभामा अमेरिका–इरान आणविक संवाद

एजेन्सी– मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बन्दै गइरहेका बेला संयुक्त राज्य

उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना

काठमाडौं– सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं