स्वीडेनमाथि फ्रान्सको सहज जित « Khabarhub

स्वीडेनमाथि फ्रान्सको सहज जित


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत फ्रान्सले स्विडेनमाथि सहज जित हात पारेको छ ।

समूह ए४को अन्तिम खेलमा फ्रान्सले स्वीडेनलाई लाई ४-२ ले पराजित गरेको छ ।

खेलको पाँचौ मिनेटमा नै स्वीडेनले भिक्टर क्लेसनको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

ओलिभिएर जीरुडले फ्रान्सका लागि १६औँ मिनेटमा खेल बराबरी गरे ।

खेलको ३६औँ मिनेटमा फ्रान्सले बेन्जामिन पाभार्डको गोलमा अग्रता बनायो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पेले दिएको पासमा जिरुडले ५८ औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

रोबिन क्वेसनले ८८औं मिनेटमा गोल गर्दै स्वीडेनलाई खेलमा फर्कने अवसर सिर्जना गरे ।

खेलको इन्ज्युरी समयमा किंग्सले कोमनले काउन्टर अट्याकमा ३० यार्ड टाढाबाट सहज गोल गरे ।

जितसँगै फ्रान्सको ६ खेलमा १६ अंक भएको छ । फ्रान्स सेमिफाइनल प्रवेश गरिसकेको छ । स्वीडेन भने रेलिगेसनमा परेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ६ : २९ बजे

३२ वर्षअघि सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता धरापमा !

काठमाडौँ – पुराना बेथितिविरुद्ध लडेर बनेको बालेन नेतृत्वको सरकारसँग नागरिकको

प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै सुस्ताको तटबन्धमा भारतीय अवरोध !

नवलपरासी – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदका

रास्वपा महाधिवेशन : सभापति लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले  सिंहदरबारस्थित काँग्रेस

चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन

कास्की– डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ्रे