चुनावको ‘धाँधली’ अस्वीकार गर्ने निर्वाचन सुरक्षा अधिकारीलाई ट्रम्पले गरे बर्खास्त « Khabarhub

चुनावको ‘धाँधली’ अस्वीकार गर्ने निर्वाचन सुरक्षा अधिकारीलाई ट्रम्पले गरे बर्खास्त


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति चुनावमा धाँधली भएको भन्ने ट्रम्पको आरोपलाई अस्वीकार गरेका निर्वाचन सुरक्षा अधिकारी बर्खास्त भएका छन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीलाई ट्रम्पले बर्खास्त गरेका हुन् ।

ट्रम्पले ट्वीट गर्दै साइबर सेक्युरिटी एण्ड इन्फ्राइस्टक्चर सेक्युरिटी एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेको जानकारी दिएका हुन् ।

क्रिसले हालै वक्तव्य जारी गरेर नोभेम्बर ३ मा भएको चुनावमा कुनै पनि प्रकारको धाँधली भएको प्रमाण नरहेको बताएका थिए ।

उनले वक्तव्य नै जारी गरी धाँधली नभएको बताएलगत्तै ट्रम्पले बर्खास्त गरेका हुन् ।

क्रिसले जारी गरेको सो वक्तव्य सरासर झुट रहेको आरोप ट्रम्पले बताएका छन् ।

नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा पराजित हुँदा पनि ट्रम्पले हार स्वीकारेका छैनन् । उनले धाँधली भएको बताउँदै आएका छन् । तर, प्रमाण दिन सकेका छैनन् ।

निर्वाचित हुन २७० इलेक्टोरल कलेज मत चाहिनेमा जो बाइडेनले ३०६ मत पाएर बिजयी भइसकेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : ४० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका