टुँडिखेलमा रोकेपछि निःशुल्क खाना खुवाउने अभियान अब थापाथलीमा « Khabarhub

टुँडिखेलमा रोकेपछि निःशुल्क खाना खुवाउने अभियान अब थापाथलीमा


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई काठमाडौं महानगरले रोक लगाएपछि अभियान्ताहरुले थापाथलीमा सुरु गरेका छन् ।

द हन्ड्रेड गु्रप लगायतका संघ संस्थाले बुधबारबाट काठमाडौंकै थापाथलीमा रहेको खुल्ला स्थानमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएका हुन् ।

थापाथलीमा पनि उनीहरुले बिहान र बेलुका गरि दुई समय खाना खुवाएका छन् । खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो।

नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण भने महानगरले नै गर्ने बताइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : ०१ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका