नेशन्स लिगमा इंग्ल्याण्डको फराकिलो जित « Khabarhub

नेशन्स लिगमा इंग्ल्याण्डको फराकिलो जित


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले आइसल्याण्डमाथि फराकिलो जित निकालेको छ ।

समूह चरणको अन्तिम खेलमा बुधबार राति इंग्ल्याण्डले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इंग्ल्याण्डलाई जित दिलाउन फिल फोडेनले दुई गोल गरे । मासन माउन्ट र डिक्लान राइसले एक एक गोल गरे ।

खेलको २०औँ मिनेटमा राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

खेलको २४औँ मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्याण्डको अग्रता २-० को बनाए ।

५४औँ मिनेटमा बिर्किर सेभर्सनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा आइसल्याण्ड १० खेलाडीमा समेटियो ।

८० औँ मिनेटमा फोडेनले गोल गर्दा इंग्ल्याण्ड ३-० ले अघि रह्यो ।

८६ औँ मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै लिग ‘ए’ समूह बीको इंग्ल्यान्डले ६ खेलमा १० अंक जोड्यो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  १० : ०७ बजे

३२ वर्षअघि सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता धरापमा !

काठमाडौँ – पुराना बेथितिविरुद्ध लडेर बनेको बालेन नेतृत्वको सरकारसँग नागरिकको

प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै सुस्ताको तटबन्धमा भारतीय अवरोध !

नवलपरासी – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदका

रास्वपा महाधिवेशन : सभापति लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले  सिंहदरबारस्थित काँग्रेस

चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन

कास्की– डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ्रे