क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने « Khabarhub

क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ ।

लिगको समय भने पछि तय गरिने छ । क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको हो ।

क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रिया अघि बढाउन जिम्मेवारी दिइएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

यस्तै क्यानको २०७०/७१ देखि २०७५/७६ सम्मको वार्षिक लेखापरीक्षणको प्रतिवेदनलाई वार्षिक साधारणसभाले पारित गरेको छ ।

क्यानले २०७६/७७ को लेखा परीक्षण गर्ने जिम्मेवारी एबिएस एन्ड एशोसियट्सलाई दिने निर्णय गरेको छ ।

आव २०७७/७८ को कार्यक्रम तथा बजेट निर्माण गर्दै अघि बढ्न सभाले केन्द्रीय कार्यसमितिलाई निर्देशन दिएको छ ।

पाँच वर्षे रणनीतिक योजना निर्माण गर्न तथा त्यसलाई अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) समक्ष पेश गर्न साधारणसभाले केन्द्रीय समितिलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  १ : ०४ बजे

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः