एक एआईजी र पाँच डीआईजीको दरबन्दी थपियो « Khabarhub

एक एआईजी र पाँच डीआईजीको दरबन्दी थपियो


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गरेको छ ।

गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख (सहसचिव) थानेश्वर गौतमले गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थप गरेको पुष्टि गरे ।

थपिएको एआईजी पदमा बढुवाका लागि डीआईजीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा र धीरजप्रताप सिंह प्रतिष्पर्धामा छन् । पोखरेल महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सिंह प्रदेश नं. २ प्रहरी कार्यालयमा कार्यरत छन् ।

यसअघि हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्कीको एआईजीमा बढुवा भएपछि तीन डीआईजीको दरबन्दी खाली थियो । थपिएकोसँगै ८ वटा दरबन्दी खाली भएको छ ।

त्यसमा गणेश ऐर, पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँले प्रतिष्पर्धा गर्नेछन् ।

दरबन्दी थप भएसँगै रिक्त दरबन्दीको लागि प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै प्रदेश प्रहरी समायोजन सम्बन्धी संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) समेत मन्त्रिपरिषद्बाट स्वीकृत भएको गौतमले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ५ : ३५ बजे

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा

पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौं– केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव 

काठमाडौं– वडाको पहिचान, वडाभित्रका धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान र

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’