घुस अभियोगमा नायव सुब्बा महतोविरुद्ध मुद्दा दायर | Khabarhub Khabarhub

घुस अभियोगमा नायव सुब्बा महतोविरुद्ध मुद्दा दायर


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुस लिएको अभियोग लागेका एक जना नायब सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ ।

वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध अख्तियारले विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बिगोअनुसारको कारवाहीको माग गर्दै महतोविरुद्ध मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ६ : ४७ बजे

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

काठमाडौं– अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको

राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश प्रस्थान गरेका

बिहारमा चुनाव : प्रधानमन्त्री मोदीको लोकप्रियता परीक्षण

नयाँ दिल्ली- भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई

नेपाली कांग्रेस संस्थापन पक्षको भेला (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन