दुर्व्यवहार गर्ने तीन जना पक्राउ | Khabarhub Khabarhub

दुर्व्यवहार गर्ने तीन जना पक्राउ


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठ माथि दुर्व्यहार गर्ने र भिडियो टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुरले आज भक्तपुर नगरपालिका–५ टौमढीबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए ।

निकिशामाथि भक्तपुर नगरपालिका–१ दूधपाटीमा गत मङ्गलबार दुव्र्यवहार गरी बुधबार सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो । त्यसलगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ ।

सार्वजनिक भएको भिडिओमा स्कुटरमा सवार व्यक्तिले निकिशालाई लैङ्गिक विभेद र अपमानजनक शब्द प्रयोग गरी दुव्र्यवहार गरेको र आफूलाई दुव्र्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ ।

प्रहरीले आज बिहान टौमढी निवासी १७ वर्षीय विशेष जोशी, अपरान्ह् दूधपाटी बस्ने १७ वर्षीय रितश लाखेलाई तौमढीस्थित आफन्तको घरबाट र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई वडा नं १ भार्वाचोबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

प्रहरीको अनुसन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अपशब्द बोल्दै भिडियो खिचेको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ । प्रहरीको साइबर ब्यूरोले यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ७ : २८ बजे

हनिमुनमा हिँडेका पतिको प्रेमीसँग मिलेर हत्या, नेपालतिर भाग्दै गर्दा समातिइन् सोनम

इन्दौर- भारतको मध्यप्रदेश राज्यस्थित इन्दौरका ट्रान्सपोर्ट व्यवसायी राजा रघुवंशीको हत्या

‘बालेन्द्र–सुनिता द्वन्द्व’को कोपभाजनमा काठमाडौंको बजेट

काठमाडौं– काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अन्योलमा

सबै भू-भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सबै भू–भागमा

भिजिट भिसा प्रकरणले संसद् बन्धक, कुरा नमिलेपछि आरोप-प्रत्यारोपमा दलहरू

काठमाडौं- गत जेठ ७ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह

सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण संसद् चल्न सकेन : सांसद दाहाल

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सत्तापक्ष आफ्नो हठबाट