नक्कली पीसीआर रिपोर्टबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन « Khabarhub

नक्कली पीसीआर रिपोर्टबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नक्कली पीसीआर रिपोर्ट प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रालयले विहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका डा. मुकुन्द शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण, महाशाखा, टेकुका डा. अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ल्याब विज्ञ बलराम गौतम सदस्य रहेका छन् ।

मन्त्रालयले समितिलाई २४ घण्टाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

सांस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले छानबिन र कारबाहीको माग गर्दै कात्तिक २८ गते लेखेको पत्र अनुसार स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको हो।

पर्यटन मन्त्रालयले केही निजी प्रयोगशालाले नक्कली रिपोर्ट दिने गरेको भेटिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छानबिनको अनुरोध गर्दै कात्तिक २८ गते पत्र लेखेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ९ : २७ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान