ठाउँठाउँमा शंकास्पद वस्तु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध « Khabarhub

ठाउँठाउँमा शंकास्पद वस्तु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी–पूर्वी नवलपरासीको पूर्वपश्चिम राजमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु राखिएको पाइएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दलाई प्रभावकारी बनाउन शंकास्पद बस्तु राखिएको अनुमान गरिएको छ ।

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । विहान पाँच बजेतिर उक्त वस्तु फेला परे पछि सडक अवरुद्ध भएको छ।

घटनास्थललाई प्रहरीले सुरक्षा घेरा भित्र राखेको छ भने शंकास्पद वस्तु डिस्फोज गर्न नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

त्यसैगरी देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि पनि रातो झोलामा शंकास्पद वस्तु फेला परेको छ ।

दुम्किौली हेल्थ पोष्ट अगाडि लक्ष्मी नारायण वस्त्रालय लेखेको कपडाको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको हो ।

बन्दका कारण सवारी साधन छिटफुट संचालनमा भए पनि सडकका ठाउँठाउँमा शंकास्पद वस्तु फेला परे पछि प्रहरीले नै सवारी साधनलाई ठाउँठाउँमा रोकेर राखेको छ ।

बन्दका कारण बजार सुनसान देखिएको छ । बन्दको पूर्व सन्ध्यामा बुधबार साँझ चौधरी उद्योग अगाडि विस्फोट भएको थियो भने अरुणखोलामा राँके जुलुस निकाल्ने क्रममा पुरुषोत्तम रेग्मी फक्राउ परेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ८ : ०७ बजे

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ