विशेष गाउँसभाबाट वडा केन्द्रको टुङ्गो लाग्यो « Khabarhub

विशेष गाउँसभाबाट वडा केन्द्रको टुङ्गो लाग्यो


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– लामो समयदेखि विवादित बनेर टुङ्गो लाग्न नसकेको चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ को स्थायी केन्द्र टुङ्गो लागेको छ ।

गाउँपालिकाको बिहीबार सम्पन्न विशेष गाउँसभाले सो वडाको केन्द्र टुङ्गो लगाएको हो । गाउँपालिका वडा नं. ३ को स्थायी केन्द्र चुम्लिङटार कायम गरियोस् भन्ने गाउँसभामा प्रस्तुत प्रस्तावलाई बहुमतले पारित गरेपछि केन्द्रको टुङ्गो लागेको गाउँपालिकाका प्रवक्ता सावित्री गुरुङले जानकारी दिए ।

गाउँपालिका–३ को स्थायी केन्द्र अबदेखि चुम्लिङटार हुने भएको छ । गाउँसभामा प्रस्तुत प्रस्तावमा वडा नं ३ को स्थायी केन्द्र चुम्लिङटार राख्ने पक्षमा बहुमत पुगेपछि गाउँ सभाध्यक्ष गीताकुमारी गुरुङले स्थायी वडा केन्द्र चुम्लिङटारलाई घोषणा गरिएको हो । चुम्लिङटारको पक्षमा १८ र फिस्लिङको पक्षमा १५ मत परेको प्रवक्ता गुरुङले बताए ।

सभामा तत्काल कायम सदस्य सङ्ख्याको ५१ प्रतिशत मतले केन्द्र टुङ्गो लगाउन सक्ने कानूनी प्रावधान छ । गाउँसभामा तत्काल ३५ जना सदस्य रहेका छन् । जसअनुसार कुनै पनि प्रस्ताव बहुमतले पारित गर्न कम्तीमा पनि १८ मत ल्याउनै पर्ने हुन्छ ।

गाउँपालिका कार्यालयकै एक कोठाबाट सञ्चालन गरिरहेको वडा नं ३ को कार्यालय गत असारमा सम्पन्न सातौ गाउँसभाले पनि टुङ्गो लगाउन नसकेपछि अस्थायी रुपमा कार्यालय फिस्लिङ सारिएको थियो ।

अस्थायी कार्यालय फिस्लिङ सारिएपछि असन्तुष्ट पक्षले गाउँपालिकाको कार्यालय कुरिनटारमा तालाबन्दी गरेका थिए । पछि विशेष गाउँसभा बोलाउने सर्तमा ताला खोलिएको थियो ।

वडा नं. ३ को स्थायी केन्द्र तोकिएसँगै अब गाउँपालिकाको सबै वडाको स्थायी केन्द्र तोकिसकिएको छ । सो अनुसार वडा नं. १ को हात्तिवाङ, २ को माथिल्लो काउले, ३ को चुम्लिङटार, ४ को कुरिनटार, ५ को मुग्लिन बजार, ६ को जलविरे र ७ को सिमलढाप रहेका छन् । यसअघि केन्द्रको टुङ्गो लागेका वडाको भवन निर्माण कार्य भइरहेको छ ।

यस्तै गाउँपालिकाको बिहीबार सम्पन्न गाउँसभाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पनि बहुमतले पारित गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  २ : ०१ बजे

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा