नेपाली सेनाका ११३ शान्ति सैनिक लिबिया प्रस्थान | Khabarhub Khabarhub

नेपाली सेनाका ११३ शान्ति सैनिक लिबिया प्रस्थान


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेनानी हिमाचल जंग शाहको कमाण्डमा स्पेशल गार्ड युनिट (शा.से.) तेस्रो डफ्फाको ११३ जना नेपाली शान्ति सैनिक आज लिबियास्थित मिशन ईलाकातर्फ प्रस्थान गरेका छन्।

शान्ति स्थापनार्थ अन्समिल मिसन लिबियामा तैनाग स्पेशल गार्ड युनिट दोस्रो डफ्फालाई बदली गर्नको लागि आज ११३ जना शान्ति सैनिक त्यसतर्फ गएका हुन्।

हेरफेरको क्रममा लिबियाबाट सेनानी राजेश रानाको कमाण्डम ११२ जना नेपाली शान्ति सैनिकहरू भोली विहान नेपाल आईपुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ।

२२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिशनम गएको कात्तिक १५ र १६ गते ११५ जना शान्ति सैनिकहरूको बदली भएको थियो।

“कोभिड–१९ महमारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीत अनुरुप गरीएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरीएको जानकारी गराइन्छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ५ : ४२ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ ।

बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

बैतडी – गएराति बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज

‘मोन्था’ चक्रवातको असर नेपालमा : उपत्यकासहित देशभर वर्षा

काठमाडौं – देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको

विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग

संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी दललाई ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव

काठमाडौं – ‘जेनजी’ प्रतिनिधि एवं अगुवाहरूले समयमै निर्वाचन सम्पन्न गर्ने