एम्बाप्पेले २ गोल गरे पनि टरेन पीएसजीको हार « Khabarhub

एम्बाप्पेले २ गोल गरे पनि टरेन पीएसजीको हार


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  केलियन एम्बाप्पेले २ गोल गरेको खेलमा फ्रेन्च लिग वानमा पीएसजी मोनाकोसँग स्तब्ध भएको छ ।

१० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोलीसँग ३–२ ले पराजित भएको हो । पीएसजीलाई हराउन मोनाकोका केभिन भोलान्डले दुई तथा सेस फाब्रिगासले एक गोल गरे ।

पीएसजीका केलियन एमबाप्पेले दुवै गोल गरे पनि हार टार्न सकेनन् ।

मोनाकोमा शुक्रबार राति भएको खेलमा पाहुना टोली पीएसजीले खेलको २५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट अगता लिएको थियो । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए । ३७औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

४४औं मिनेटमा पनि एमबाप्पेले गोल गरे । तर, अफसाइडका कारण गोलले मान्यता पाएन ।

दुई गोलले पछि परेको मोनाकोले दोस्रो हाफमा खेल उल्ट्यायो ।

उसले ५२औं मिनेटमा केभिन भोलान्डको गोलबाट खेलमा फर्किने संकेत दियो । ६५औं मिनेटमा भोलान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आयो ।

८३औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटियो । एबोउ डिएलोले भोलान्डलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले मोनाकोलाई पेनाल्टी प्रदान गरे । सोक्रममा भिएआरको सहायतामा डिएलोलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाइयो ।

पेनाल्टीमा सेस फाब्रिगासले गोल गर्दै मोनाकोलाई ३–२ को जित निश्चित गरे ।

मोनाकोसँगको हारपछि पनि पीएसजी ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पीएसजीलाई हराएको मोनाको २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : २१ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा