एम्बाप्पेले २ गोल गरे पनि टरेन पीएसजीको हार « Khabarhub

एम्बाप्पेले २ गोल गरे पनि टरेन पीएसजीको हार


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  केलियन एम्बाप्पेले २ गोल गरेको खेलमा फ्रेन्च लिग वानमा पीएसजी मोनाकोसँग स्तब्ध भएको छ ।

१० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोलीसँग ३–२ ले पराजित भएको हो । पीएसजीलाई हराउन मोनाकोका केभिन भोलान्डले दुई तथा सेस फाब्रिगासले एक गोल गरे ।

पीएसजीका केलियन एमबाप्पेले दुवै गोल गरे पनि हार टार्न सकेनन् ।

मोनाकोमा शुक्रबार राति भएको खेलमा पाहुना टोली पीएसजीले खेलको २५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट अगता लिएको थियो । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए । ३७औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

४४औं मिनेटमा पनि एमबाप्पेले गोल गरे । तर, अफसाइडका कारण गोलले मान्यता पाएन ।

दुई गोलले पछि परेको मोनाकोले दोस्रो हाफमा खेल उल्ट्यायो ।

उसले ५२औं मिनेटमा केभिन भोलान्डको गोलबाट खेलमा फर्किने संकेत दियो । ६५औं मिनेटमा भोलान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आयो ।

८३औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटियो । एबोउ डिएलोले भोलान्डलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले मोनाकोलाई पेनाल्टी प्रदान गरे । सोक्रममा भिएआरको सहायतामा डिएलोलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाइयो ।

पेनाल्टीमा सेस फाब्रिगासले गोल गर्दै मोनाकोलाई ३–२ को जित निश्चित गरे ।

मोनाकोसँगको हारपछि पनि पीएसजी ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पीएसजीलाई हराएको मोनाको २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : २१ बजे

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही