१५ हजार सर्जिकल मास्क सहयोग « Khabarhub

१५ हजार सर्जिकल मास्क सहयोग


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– दक्षिण कोरियामा रहेका नेपालीले वालिङ नगरपालिकामा पन्ध्र हजार थान सर्जिकल मास्क सहयोग गरेका छन् । पेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाद्वारा मास्क सहयोग गरिएको समितिका संयोजक विशाल जिटीले बताए ।

समितिले वालिङ नगरपालिका कार्यालयलाई आठ हजार ५०० तथा वालिङ नगरपालिका–१३ अन्तर्गतको वडा कार्यालयमा ५००, सरस्वती माध्यमिक विद्यालय उदियाचौरमा दुई हजार ५००, लक्ष्मी माध्यमिक विद्यालय बोधिभञ्ज्याङमा दुई हजार, सर्वशक्ति आधारभूत विद्यालय पाठखोलालाई एक हजार र आँधीखोला बहुप्राविधिक शिक्षालय बोधिभञ्ज्याङमा ५०० गरी कूल १५ हजार थान सर्जिकल मास्क निःशुल्क उपलब्ध गराएको हो ।

“रोजगारीको सिलसिलामा विदेशमा रहँदा स्वदेशमा कोभिड–१९ को रोकथामका लागि केही न केही सहयोग गर्नुपर्छ भन्ने लागेर रकम सङ्कलन गरी सर्जिकल मास्क पठाएका हौँ”, संयोजक जिटीले भने, “मास्क लगाउन अनिवार्य गरिरहेको अवस्थामा सहजरुपमा मास्क उपलब्ध गराएर कोभिड–१९ को जोखिम रोकथाममा सक्दो सहयोग गर्नमा टेवा पुग्ने विश्वास समितिको छ ।”

कोभिड–१९ को सङ्क्रमणबाट वालिङमा दिन प्रतिदिन जोखिम बढ्दै गइरहेको अवस्थामा ठूलो मात्रामा सर्जिकल मास्क उपलब्ध गराएर कोभिड नियन्त्रणका लागि गर्नुभएको सहयोगप्रति नगरपालिकाको तर्फबाट नगर प्रमुख दिलीपप्रताप खाँणले धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ११ : २० बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को