नगद १ लाख ६९ हजारसहित १६ जुवाडे पक्राउ « Khabarhub

नगद १ लाख ६९ हजारसहित १६ जुवाडे पक्राउ


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको रतुवामाई नगरपालिका-८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन्।

शुक्रबार राति साढे ११ बजे स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।

विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६९ हजार ६९५ सहित उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।

उनीहरूको साथबाट कौडा १६ थान, एक बुङ तास, मोबाइल १६ थान, मोटरसाइकल १९ वटा र दुई वटा कार बरामद भएको खड्काले बताए।

पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-७ डिल्लीराम चौलागाईं, मोती पौडेल, रामनाथ मैनाली, देवीप्रसाद प्रसाईं, रामनाथ नेपाल, हेमलाल प्रसाईं, नारायण चुँडाल रहेका छन्।

यस्तै, रतुवामाई नगरपालिका-८ का सन्तबहादुर राई, सागर गड्तौला, दीपक ढुङ्गाना, देवराज घिमिरे, अशोक भट्टराई, राजन हस्ता सतार, गोपी पराजुली, रविन पोखरेल र बेलबारी नगरपालिका-७ का गणेश श्रेष्ठ छन्।

पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरी उपरीक्षक खड्काले बताए।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १२ : ४५ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम