नेपाली भूमि मिचेको भन्दै काठमाडौँमा चीनविरुद्ध प्रदर्शन (भिडियोसहित) | Khabarhub Khabarhub

नेपाली भूमि मिचेको भन्दै काठमाडौँमा चीनविरुद्ध प्रदर्शन (भिडियोसहित)



काठमाडौँ– काठमाडौँमा चीनविरुद्ध प्रदर्शन भएको छ । चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा प्रदर्शन भएको हो ।

स्वतन्त्र युवाको समूहले शनिबार बिहान माइतीघरमा चीन विरोधी प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका युवाले प्लाकार्डमा ‘गो ब्याक चाइना’, ‘नेपाली भूमि मिच्न पाइँदैन’, ‘चिनियाँ विस्तारवाद मूर्दावाद’सहितका नारा लेखेर प्रदर्शन गरेका थिए।

‘चीनले नेपालको हुम्लामा रहेको नाम्खामा रहेको भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरेका हौं । त्यहाँ आएर अनैतिक र हेपाहा रुपमा भवनहरु बनाएको र भारतले जसरी हस्तक्षेप गरेको छ त्यसैगरी चीनले समेत हस्तक्षेप गरेका कारण स्वतन्त्र रुपमा विरोध गरेको हो । यो हस्तक्षेप बन्द गर्नुपर्छ । यो गलत हुँदैछ ।’, हुम्लाका जीत क्षेत्रीले भने ।

उनले  हामी युवाहरु नेपाली भूमि रक्षाका लागि जे पनि गर्न तयार रहेको बताए । उनले १२ नम्बर पिलर नेपालको पक्षलाई नसोधिकन नयाँ बनेको समेत दाबी गरे ।

वर्तमान सरकारले सरकारले यो विषयमा ध्यान नदिएको भएर सीमा मिचिएको विषयमा बाहिर नआएको  उनले जिकिर गरे ।

‘जबसम्म एउटा निचोड निस्किदैन तबसम्म यो विरोध प्रदर्शन हुन्छ’, उनले भने ।

स्वतन्त्र नागरिक समूहको नाममा ‘प्लेकार्ड’ बोकेका उनीहरुले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरूले नेपालको उत्तरी सीमा क्षेत्रमा चीनले आफ्नो रवैया देखाएको आरोप लगाउँदै मिचिएको नेपाली भूमि तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

हेरौं भिडियो

केही तस्वीरहरु

 

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ३ : ०४ बजे

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार