नेपाली भूमि मिचेको भन्दै काठमाडौँमा चीनविरुद्ध प्रदर्शन (भिडियोसहित) « Khabarhub

नेपाली भूमि मिचेको भन्दै काठमाडौँमा चीनविरुद्ध प्रदर्शन (भिडियोसहित)



काठमाडौँ– काठमाडौँमा चीनविरुद्ध प्रदर्शन भएको छ । चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा प्रदर्शन भएको हो ।

स्वतन्त्र युवाको समूहले शनिबार बिहान माइतीघरमा चीन विरोधी प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका युवाले प्लाकार्डमा ‘गो ब्याक चाइना’, ‘नेपाली भूमि मिच्न पाइँदैन’, ‘चिनियाँ विस्तारवाद मूर्दावाद’सहितका नारा लेखेर प्रदर्शन गरेका थिए।

‘चीनले नेपालको हुम्लामा रहेको नाम्खामा रहेको भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरेका हौं । त्यहाँ आएर अनैतिक र हेपाहा रुपमा भवनहरु बनाएको र भारतले जसरी हस्तक्षेप गरेको छ त्यसैगरी चीनले समेत हस्तक्षेप गरेका कारण स्वतन्त्र रुपमा विरोध गरेको हो । यो हस्तक्षेप बन्द गर्नुपर्छ । यो गलत हुँदैछ ।’, हुम्लाका जीत क्षेत्रीले भने ।

उनले  हामी युवाहरु नेपाली भूमि रक्षाका लागि जे पनि गर्न तयार रहेको बताए । उनले १२ नम्बर पिलर नेपालको पक्षलाई नसोधिकन नयाँ बनेको समेत दाबी गरे ।

वर्तमान सरकारले सरकारले यो विषयमा ध्यान नदिएको भएर सीमा मिचिएको विषयमा बाहिर नआएको  उनले जिकिर गरे ।

‘जबसम्म एउटा निचोड निस्किदैन तबसम्म यो विरोध प्रदर्शन हुन्छ’, उनले भने ।

स्वतन्त्र नागरिक समूहको नाममा ‘प्लेकार्ड’ बोकेका उनीहरुले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरूले नेपालको उत्तरी सीमा क्षेत्रमा चीनले आफ्नो रवैया देखाएको आरोप लगाउँदै मिचिएको नेपाली भूमि तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

हेरौं भिडियो

केही तस्वीरहरु

 

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ३ : ०४ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु