नेता पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गरियोस् : वरिष्ठ नेता नेपाल « Khabarhub

नेता पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गरियोस् : वरिष्ठ नेता नेपाल


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको नाराबाजीको निन्दा गरेका छन् ।

शनिवार दिउँसो विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता नेपालले उक्त घटनाको निन्दा गरेका हुन् ।

‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यबहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने भन्दै उक्त कार्य गर्ने/ गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारबाही गर्न गम्भीर ध्यानाकर्षण गराएका छन् ।

नेता पाण्डेमाथि शनिबार चितवनमा प्रधानमन्त्री एवम् नेकपाकै केही कार्यकर्ताहरूको भीडले नाराबाजी तथा विरोध गरेको थियो।

वरिष्ठ नेताले फेसबुकमा यस्तो लेखेका छन्-

२०७७ मंसिर ६ गते:
विज्ञप्ती !
गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा…

Posted by माधव कुमार नेपाल – Madhav Kumar Nepal on Saturday, 21 November 2020

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : २० बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी