कोरोना संक्रमित वरिष्ठ चिकित्सक डा मुडभरीको निधन « Khabarhub

कोरोना संक्रमित वरिष्ठ चिकित्सक डा मुडभरीको निधन


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ शल्यचिकित्सक ध्रुब शर्मा मुडभरीको निधन भएको छ। कोरोना संक्रमित डा मुडभरीको ओम अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो निधन भएको हो।

ओम अस्पतालका संस्थापक तथा पूर्व अध्यक्ष डा मुडभरीलाई ९ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो। ७८ वर्षीय डा मुडभरीको स्वास्थ्यमा केही सुधार आएपछि तीन दिन अघि डिस्चार्ज भएर घर गएका थिए।

तर घरमा बाथरुममा लडेर गम्भीर घाइते भएका उनलाई तत्कालै अस्पताल ल्याइएको थियो। अस्पतालमा जाँचका क्रममा उनको छातीमा रगत जमेको पाइएको थियो।

आइसियुमा उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको हो । ओम अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्मा नेपालका वरिष्ठ सर्जन थिए।

डा.मुडभरीको निधनमा ओम अस्पतालले अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेको छ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ७ : ३८ बजे

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल