धेरै गुलियो खाने बानी छ ? आजै खान छाड्नोस् ! नत्र पछुताउनु पर्ला | Khabarhub Khabarhub

धेरै गुलियो खाने बानी छ ? आजै खान छाड्नोस् ! नत्र पछुताउनु पर्ला


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोही कोही मानिस गुलियो भनेपछि हुरूक्कै हुन्छन् । तर, गुलीयो खानेकुरा विष समान पनि हुन सक्छ ।

तत्कालै त्यसले असर नगरे पनि गुलियो खानेकुराले कालान्तरमा अनेकौँ समस्या आइलाग्न सक्छ । आज हामी अत्याधिक गुलियो खाँदा हुने हानीबारे चर्चा गर्दैछौँ-

१. लगातार अत्याधिक गुलियो परीकार खाए थकान महसुस हुन्छ । यस्तो भए शरीरमा ब्लड सुगरको मात्रा बढेको हुन सक्छ ।

२. जति धेरै गुलियो खाइन्छ, त्यति खाने चाहना बढ्दै जाँदा सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्ने गर्दछ । साथै शरीर र मष्तिक बोधो हुँदै जान्छ ।

३. अत्याधिक गुलियो खाँदा छालामा गम्भीर असर पर्दछ । बढी गुलियो खाँदा छाला सुक्खा हुन्छ ।

४. धेरै गुलियो खानेकुराले मुड निराश र चिन्तित हुने गर्दछ । अझ कतिपय अवस्थामा गुलियोले मानिसलाई बढी आक्रामक र आवेगात्मक बनाउँछ ।

५. गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाउने भएकाले दीर्घ रोग र बारम्बार रुघा लाग्ने सम्भावना बढाउँछ । चिनी वा गुलियो धेरै भएको खानाले खोकीसमेत लाग्न सक्छ ।

६. नियमित गुलियो खाँदै गर्दा अस्वाभाविक रुपमा तौल बढ्ने गर्दछ । गुलियोले आमाशयमा समेत असर गरी तौल घट्नबाट रोक्छ ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : ४२ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन