धेरै गुलियो खाने बानी छ ? आजै खान छाड्नोस् ! नत्र पछुताउनु पर्ला « Khabarhub

धेरै गुलियो खाने बानी छ ? आजै खान छाड्नोस् ! नत्र पछुताउनु पर्ला


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोही कोही मानिस गुलियो भनेपछि हुरूक्कै हुन्छन् । तर, गुलीयो खानेकुरा विष समान पनि हुन सक्छ ।

तत्कालै त्यसले असर नगरे पनि गुलियो खानेकुराले कालान्तरमा अनेकौँ समस्या आइलाग्न सक्छ । आज हामी अत्याधिक गुलियो खाँदा हुने हानीबारे चर्चा गर्दैछौँ-

१. लगातार अत्याधिक गुलियो परीकार खाए थकान महसुस हुन्छ । यस्तो भए शरीरमा ब्लड सुगरको मात्रा बढेको हुन सक्छ ।

२. जति धेरै गुलियो खाइन्छ, त्यति खाने चाहना बढ्दै जाँदा सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्ने गर्दछ । साथै शरीर र मष्तिक बोधो हुँदै जान्छ ।

३. अत्याधिक गुलियो खाँदा छालामा गम्भीर असर पर्दछ । बढी गुलियो खाँदा छाला सुक्खा हुन्छ ।

४. धेरै गुलियो खानेकुराले मुड निराश र चिन्तित हुने गर्दछ । अझ कतिपय अवस्थामा गुलियोले मानिसलाई बढी आक्रामक र आवेगात्मक बनाउँछ ।

५. गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाउने भएकाले दीर्घ रोग र बारम्बार रुघा लाग्ने सम्भावना बढाउँछ । चिनी वा गुलियो धेरै भएको खानाले खोकीसमेत लाग्न सक्छ ।

६. नियमित गुलियो खाँदै गर्दा अस्वाभाविक रुपमा तौल बढ्ने गर्दछ । गुलियोले आमाशयमा समेत असर गरी तौल घट्नबाट रोक्छ ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : ४२ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन