गलत विचारसँग लड्न होहल्लाको अर्थ छैन – गोकुल बाँस्कोटा « Khabarhub

गलत विचारसँग लड्न होहल्लाको अर्थ छैन – गोकुल बाँस्कोटा


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले गलत विचारसँग लड्न होहल्लाको अर्थ नरहेको बताएका छन् ।

चितवनमा पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरूद्ध पार्टीकै कार्यकर्ताबाट नाराबाजी भएकोपछि पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले ट्वीट गर्दै गलत विचारविरूद्ध लड्न सही विचार नै पर्याप्त हुने बताएका छन् ।

‘हातहरुको शसस्त्रीकरण भन्दा पहिला विवेक र बिष्लेषणपुर्ण चेतनाको विकास नै मानवीयशसस्त्रीकरणको वास्तविक पहिचान हुन्छ,’ बाँस्कोटाले ट्वीटमा भनेका छन्,’गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन।’

स्थायी कमिटी सदस्य पाण्डेमाथि दुर्व्यवहार भएपछि नेकपाको केन्द्रीय राजनीति तरंगित भएको छ । घटनाको भर्त्सना गर्दै पार्टीका वरिष्ठ नेताहरुले छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी नेता पाण्डे बोल्ने क्रममा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : २९ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग