अमेरिकामा थप १ लाख ७२ हजारमा संक्रमण, संक्रमित बढेपछि क्यालिफोर्नियामा निषेधाज्ञा | Khabarhub Khabarhub

अमेरिकामा थप १ लाख ७२ हजारमा संक्रमण, संक्रमित बढेपछि क्यालिफोर्नियामा निषेधाज्ञा


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा थप १ लाख ७२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा शनिबार भने सर्वाधिक संख्या २ लाख १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७२ हजार ८३९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड २४ लाख ५० हजार ६६६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७४ लाख ३ हजार ८४७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४७ लाख ८५ हजार २९ जनामध्ये २२ हजार ९२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ६१ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १४६० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ६१ हजार ७९० पुगेको छ ।

क्यालिफोर्नियामा निषेधाज्ञा

संक्रमण बढेपछि क्यालिफोर्नियामा शनिबारदेखि रात्रिकालीन निषेधाज्ञा  जारी गरेको छ ।

संक्रमण नियन्त्रणका लागि त्यहाँ राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाइएको छ।

यो प्रतिबन्ध कम्तीमा २१ डिसेम्बरसम्म जारी रहनेछ । त्यसपछि अवस्था हेरेर लम्ब्याउन सकिने त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। संक्रमण बढे क्रिसमसमा पनि निशेधाज्ञा लागू हुनेछ।

क्यालिफोर्नियाका रेस्टुरेन्टलाई ‘होम डेलिभरी’ मात्र गर्न सक्ने आदेश छ । राज्यका ५८ मध्ये ४१ काउन्टी अति प्रभावित छन् । त्यहाँ ‘स्टे एट होम’ आदेश जारी छ। केही काउन्टीले कडा बन्दाबन्दीको आदेश जारी गर्न सक्ने जनाइएको छ।

यसअघि न्यूयोर्कमा पनि रात्रिकालीन निशेधाज्ञा लगाइएको थियो।

द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले सबै अमेरिकीलाई २६ नोभेम्बरको ‘थ्याङ्स गिभिङ डे’ को बिदामा लामो यात्रा नगर्न आग्रह गरेको छ।

अहिलेसम्म अमेरिकामा एक करोड २४ लाख ४६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । त्यसमध्ये दुई लाख ६१ हजार ७९० जनाको मृत्यु भइसकेको छ ।

क्यालिफोर्नियामा मात्र ११ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ८ : ४२ बजे

धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका

उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन 

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल