उदयपुरको ताप्ली गाउँपालिकाको भवनमा बम विस्फोट « Khabarhub

उदयपुरको ताप्ली गाउँपालिकाको भवनमा बम विस्फोट


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । वडा नं ५ रुपाटारमा रहेको गाउँपालिकाको कार्यालय परिसरको नागरिक सहायक कक्षमा शनिबार राति १:१५ बजेतिर अज्ञात समूहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ ।

सँगै रहेको अर्को बम भने बिस्फोट हुन बाँकी रहेकाले नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

बम विस्फोटले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिए ।

विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफ लगायतका सामानमा क्षति भएको उनले बताए । घटनास्थल प्रहरीचौकी रुपाटारबाट एक सय मिटर उत्तरी क्षेत्रमा रहेको छ ।

मध्यरातमा नजिकबाट ठूलो आवाज आएपछि स्थानीय आतंकित भएको स्थानीय शेरजङ्ग ठकुरीले बताए । गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बम किन र कस्ले विस्फोट गराएको भन्ने आफू अनभिज्ञ रहेको बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १२ : २० बजे

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१