उदयपुरको ताप्ली गाउँपालिकाको भवनमा बम विस्फोट | Khabarhub Khabarhub

उदयपुरको ताप्ली गाउँपालिकाको भवनमा बम विस्फोट


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । वडा नं ५ रुपाटारमा रहेको गाउँपालिकाको कार्यालय परिसरको नागरिक सहायक कक्षमा शनिबार राति १:१५ बजेतिर अज्ञात समूहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ ।

सँगै रहेको अर्को बम भने बिस्फोट हुन बाँकी रहेकाले नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

बम विस्फोटले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिए ।

विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफ लगायतका सामानमा क्षति भएको उनले बताए । घटनास्थल प्रहरीचौकी रुपाटारबाट एक सय मिटर उत्तरी क्षेत्रमा रहेको छ ।

मध्यरातमा नजिकबाट ठूलो आवाज आएपछि स्थानीय आतंकित भएको स्थानीय शेरजङ्ग ठकुरीले बताए । गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बम किन र कस्ले विस्फोट गराएको भन्ने आफू अनभिज्ञ रहेको बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १२ : २० बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क