फुट्नका लागि नेकपा ‘माटोको हाँडी’ होइन : भीम रावल « Khabarhub

फुट्नका लागि नेकपा ‘माटोको हाँडी’ होइन : भीम रावल


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले कुनै पनि हालतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नफुट्ने दाबी गरेका छन् ।

कैलालीमा पत्रकारहरूसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तर्विरोधकै कारण पार्टी नफुट्ने दाबी गरेका हुन्। नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका नेता रावलले सरकार भने परिवर्तन हुन सक्ने सङ्केत गरे ।

उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै जनाकाे पार्टी फुटाउने योजना नरहेको उल्लेख गर्दै पार्टी कुनै माटोको हाँडी नभएकाले कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने ठोकुवा गरे ।

नेता रावलले अध्यक्षद्वयले आफ्ना धारणा र विचार प्रतिवेदनका रूपमा बैठकमा प्रस्तुत गरी निर्णय गर्नु राम्रो कुरा भएको बताए ।

कुनै सैद्धान्तिक र नीतिगत मतभेद नभइ कार्यशैली, विधि र विधानका विषयमा मात्रै बहस चलिरहेकाले त्यसले मात्रै पार्टी फुट्ने सम्भावना नरहेको रावलले भनाइ थियो ।

नेता रावलले यही १३ गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा पार्टीमा देखिएका समस्याहरू माथि घनिभूत छलफल हुने बताए ।

उनले भने, ‘नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ, तर पार्टी नै फुटिहाल्छ भन्ने अवस्था अहिले छैन ।’

नेता रावलले पार्टी फुटाएर कसैलाई फाइदा नहुने बताए । उनले प्रधानमन्त्रीले पार्टी फुटाएर त्योभन्दा ठूलो पद के नै पाउने वा प्रचण्डले योभन्दा ठूलो कुन पार्टीको नेतृत्व गर्न पाउने भन्दै प्रतिप्रश्न समे गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : १५ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा