मन नपरे पनि खाने गर्नोस् तिते करेला, मिल्नेछ अनेकौँ फाइदा « Khabarhub

मन नपरे पनि खाने गर्नोस् तिते करेला, मिल्नेछ अनेकौँ फाइदा


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सबैभन्दा तितो तरकारी करेला, धेरै कम मात्रालाई मन पर्ने गर्दछ । यसको स्वादका कारण धेरैले यसलाई रुचाउँदैनन् । यद्यपि केही भने करेला भनेपछि हुरुक्कै हुन्छन् ।

स्वाद तितो भए पनि करेला स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । करेलामा भिटामिन बी १, बी २, बी ३, भिटामिन सी जस्ता तत्वहरु पाइन्छ । यसैगरी, करेलामा क्याल्शियम र प्रोटिन पनि पाइन्छ । यस्तोमा करेलाको सेवनले निम्न लाभ पुर्‍याउने  गर्दछ ।

१. लगातार तौल बढिरहेको छ भने करेला सेवन निकै लाभदायक हुन्छ, यसको सेवनले केहि मात्रामा वजन घटाउन मद्दत पुग्दछ ।

२. यसको सेवनले इन्सुलिनको मात्रा र रगतमा चिनीको मात्रा सन्तुलन राख्ने काम गर्छ ।

३. करेलाको सेवनबाट इन्सुलिन सक्रिय हुन्छ र चिनीलाई बोसोमा परिणत हुन दिँदैन ।

४. करेलामा फाइबरको मात्रा हुने भएकाले यसले लामो समय भोक लाग्न दिँदैन ।

५. यसमा पानीको मात्रा उच्च हुन्छ, तसर्थ यसको सेवनले शरीरमा फाइदा पुर्‍याउँछ ।

६. करेलाले बोसो कोशिकाहरु निर्माण र वृद्धि विकास रोक्ने काम गर्दछ ।

७. करेलामा क्यालोरी र कार्बोहाइड्रेटको मात्रासमेत धेरै हुन्छ । १०० ग्राम करेलामा लगभग ३४ क्यालोरी हुन्छ ।-एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : ५० बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले