काठमाडौँको सुपथ मूल्य पसल माघ २ सम्म चल्ने | Khabarhub Khabarhub

काठमाडौँको सुपथ मूल्य पसल माघ २ सम्म चल्ने


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चाडपर्वलाई ध्यानमा राख्दै सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने भएको हो । सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानलाई गत असोज १५ देखि मङ्सिर ७ गतेसम्म सहुलियत मूल्यमा उक्त पसल सञ्चालनको अनुमति दिएको थियो ।

सरकारले दिएका समयमा कम्पनीको लक्ष्यानुसार सामग्री बिक्री नभए पनि कोरोना महामारीका समयमा खाद्य वस्तु अभाव हुन नदिन सहुलियत मुल्यका पसल सञ्चालनको अवधि थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार सरकारले तोकेको सहुलियत मूल्यमा नै माघ २ सम्म २९ वटै बिक्री केन्द्रबाट सहुलियत मूल्य पसल सञ्चालन हुनेछ ।

काठमाडौँ उपत्यकाका पाँच स्थानसहित कम्पनीको शाखा कार्यालय रहेका जिल्लामा उक्त पसल सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीमा रहेका सामग्रीसहित साल्ट कर्पोरेशनले दिएको चिनी बिक्री हुँदै आएको छ । काठमाडौँ उपत्यकाका पाँच स्थानमा राखिएको सुपथ मूल्य पसलमा साढे १० हजार क्विन्टल खाद्यान्न बिक्री भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सुपथ मूल्यका पसलमा सबैभन्दा धेरै चामल बिक्री भएको छ । खाद्य कम्पनीले समय थप गरे तापनि साल्ट कर्पोरेशन र दुग्ध संस्थानले समय थपको कुनै निर्णय नभएको बताएका छन् । कर्पोरेशनका सूचना अधिकारी कुमारराज भण्डारीले सरकारले दिएको निर्देशनानुसार सुपथ मूल्यका पसल सञ्चालन गरिएको बताए ।

“चाडपर्वलाई ध्यानमा राख्दै सरकारले तोकेको समय र मूल्यमा पसल सञ्चालन गरिएको हो, सरकारको निर्देशन नआएसम्म सहुलियत मूल्यका पसल सञ्चालन हुँदैन”’, उनले भने, “सरकारले दिएको छुटबाहेक कर्पोरेशनले काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा बाह्रै महिना पसल सञ्चालन गर्दै आएको छ ।”

सरकारले तोके अनुसार खाद्य कम्पनीले माघ २ गतेसम्म रु १८ मा नून, रु ७० मा चिनी, रु ८७० मा घ्यू तथा प्रतिकिलो रु पाँच छुटमा चामल, दाल, फापर, तीते फापर र सेतो केराउ बिक्रीवितरण गर्नेछ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ११ : ४५ बजे

एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय

माइतीघरमा प्रहरी घेराभित्र प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– संयुक्त संघर्ष समिति नेपालले माइतीघरमा प्रहरीको घेरा भित्र प्रदर्शन

विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल

काठमाडौं– नेत्रविक्रम चन्द विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल प्रस्ताव

नेपाल लिबरल पार्टी गठनको घोषणा

काठमाडौं– आर्थिक उन्नतिको लक्ष्यसहित डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल

ट्रम्पद्वारा ‘प्रतिभाशाली’ सीको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी दक्षिण कोरिया भ्रमणका