यस कारण रुसी राष्ट्रपति पुटिनले बाइडेनलाई बधाई नदिएको खुलासा « Khabarhub

यस कारण रुसी राष्ट्रपति पुटिनले बाइडेनलाई बधाई नदिएको खुलासा


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई नदिनुको कारण खुलाएका छन्।

एक टेलिभिजन च्यानलसँग कुरा गर्दै पुटिनले अमेरिकी निर्वाचनमा भएको कानूनी लडाईंको फैसला नआउन्जेल बाइडेनलाई औपचारिक रुपमा बधाई नदिने बताएका हुन्। तर बधाई दिन ढिला गर्दा रूस र अमेरिकाबीचको सम्बन्धमा कुनै असर नपर्ने उनको भनाई छ।

अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा हालका राष्ट्रपति डोनाल्ड ट्रम्प बाइडेनसँग पराजित भएका हुन्। तर, चुनावमा धाँधली भएको भन्दै ट्रम्पले अझैसम्म हार स्वीकार गरेका छैनन्। बरु कुनै प्रमाण नै पेश नगरीकन उनले अदालत गुहारेका छन्।

हालका राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति पुटिनको प्रशंसा गर्ने गरेका छन्। यसअघि राष्ट्रपति चुनिँदा उनले रूससँग मद्दत लिएको आरोप लागेको थियो।

अमेरिकासँग लामो समयदेखि टक्कर लिइरहेको रूस र महाशक्ति बन्ने दौडमा रहेको चीनले अझैसम्म बाइडेनलाई बधाई दिएका छैनन्।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : ०२ बजे

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा

चार दलका घोषणापत्र : अझै सपनाको उडान झेल्दै स्वास्थ्य सेवा

आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलले

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

ढोरपाटन– एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ

उत्तरी जापानमा हिउँले पुरिएका तीन जनाको उद्धार

एजेन्सी– उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको