बेपत्ता बालिकाको शव फेला, हत्या आशंकामा एक जना पक्राउ | Khabarhub Khabarhub

बेपत्ता बालिकाको शव फेला, हत्या आशंकामा एक जना पक्राउ


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीमा आइतबार साँझदेखि बेपत्ता भएकी बालिकाको शव फेला परेको छ ।

जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।

घरवरपर खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरू साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए ।

बालिकाको हत्या भएको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ ।

पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक चापागार्इँले बताए ।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले भने शव परीक्षणपछि थप कुरा खुल्दै जाने जनाएको छ ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागार्इँले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ४४ बजे

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र

उसुको विकास र विस्तारका लागि सम्झौता

काठमाडौं– चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन