त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने « Khabarhub

त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ ।

अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार अस्पताल प्रशासन, स्वास्थ्य कार्यालय नुवाकोट र विदुर नगरपालिकाबीच भएको बैठकको निर्णयअनुसार हरेक साता सोमबार र बिहीबार सङ्कलन गरिँदै आएको स्वाब अबदेखि अनिश्चित समयसम्म बन्द गरिएको हो ।

अस्पतालले स्वाब सङ्कलन मापदण्ड बनाई यसअघि स्वाब सङ्कलन गर्ने क्रममा बढ्दो सङ्ख्या र हुने गरेको ‘अव्यवस्थित भीड’ रोक्न चुनौती देखिएकाले भाइरसको सङ्क्रमण अस्पतालभित्रै फैलने जोखिमले स्वाब सङ्कलन बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ ।

कोरोना जाँचका लागि अस्पतालमा स्वाब दिने सुविधा बन्द भए पनि आफू बसेकै स्थानीय तहमार्फत स्वाब सङ्कलन गरिएको नमूनाको परीक्षण अस्पतालले निःशुल्क जाँच गर्ने सुविधा कायमै रहेको जनाएको छ ।

सबै सेवाग्राहीका लागि स्वाब सङ्कलन बन्द गरे पनि अस्पतालमा आकस्मिक अवस्थामा सेवा लिन पुग्ने, भर्ना भएका, शल्यक्रिया गर्नुपर्ने तथा बहिरङ्ग विभागमा जाँच गराउने बिरामीमा कोरोना भाइरसका मिल्दोजुल्दो लक्षण देखिए जुनसुकै समयमा स्वाब सङ्कलन र परीक्षण गरिने अस्पतालका मेसु डा पाण्डेले जानकारी दिए ।

त्रिशूली अस्पतालले गत कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला सेवा सञ्चालनमा ल्याएसँगै नुवाकोटसहित रसुवा, धादिङलगायतका स्थानबाट सङ्कलन गरिएको स्वाबको परीक्षण गर्न सहज हुँदै आएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १० : ३७ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको