देशको अर्थतन्त्र : व्यापारघाटा उकालो लाग्दै, विदेशी मुद्राको सञ्चिति ओरालोतिर | Khabarhub Khabarhub

देशको अर्थतन्त्र : व्यापारघाटा उकालो लाग्दै, विदेशी मुद्राको सञ्चिति ओरालोतिर



काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ८ महिनामा व्यापारघाटा बढेर ८ खर्बभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आठ महिना अर्थात् फागुनसम्म नेपालको वैदेशिक व्यापारको घाटा चुलिएको हो ।

केन्द्रीय बैकका अनुसार गत फागुनसम्म ९ खर्ब ४९ अर्बको आयात हुँदा ६१ अर्ब २२ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । बैकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु खातामा घाटाको विस्तार समेत बढेको छ । अघिल्लो वर्षको फागुनसम्ममा १ खर्ब ५४ अर्ब ९९ करोड रुपैयाँ चालु खाता घाटाका रुपमा रहेको रकम बढेर १ खर्ब ९१ अर्ब १३ करोड पुगेको छ ।

रेमिट्यान्स बढ्यो, विदेशी मुद्राको सञ्चिति घट्यो

पहिलो ८ महिनामा रेमिट्यान्समार्फत् विदेशबाट आउने रकम भने बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार फागुनसम्ममा ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ भित्रिएको छ । तर विदेशी मुद्राको सञ्चिति भने घटेको छ । अघिल्लो असारमा ११ खर्ब २ अर्ब रुपैयाँ विदेशी मुद्रा रहेकोमा फागुनसम्ममा सञ्चिति घटेर १० खर्ब ६१ अर्ब रुपैयाँ ७१ करोड रुपैयाँ पुगेको छ ।

सरकारी खर्च र राजश्व संकलन बढ्यो 

राष्ट्र बैकका अनुसार सरकारी खर्च अघिल्लो वर्षको तुलनामा करिब १३ अर्ब रुपैयाँले बढेको छ । संघीय सरकारले अघिल्लो वर्षको पहिलो ८ महिनामा ५ खर्ब ६ अर्ब ५५ करोड रहेकोमा यो वर्षको पहिलो ८ महिनामा सरकारी खर्च बढेर ५ खर्ब १९ अर्ब ५८ करोड रुपैया पुगेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष राजश्व रकम भने बढेको छ । गत फागुनसम्ममा ५ खर्ब २० अर्ब ७९ करोड रुपैया राजश्व संकलन भएको छ । अघिल्लो वर्षको पहिलो ८ महिनामा यस्तो रकम ४ खर्ब ३० अर्ब ६ करोड जम्मा भएको थियो ।

बैंकको निक्षेप घट्यो, बैंकको धेरै लगानी घरजग्गामा

राष्ट्र बैकका अनुसार पछिल्लो ८ महिनामा बैंकमा निक्षेपसमेत घटेको छ । राष्ट्र बंैकका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १ प्रतिशतले निक्षेप रकम घटेको छ । तर बैंकहरुको कर्जा विस्तार भने ० दशमलव २ प्रतिशतले बढेको छ । बैंकहरुको कर्जा प्रवाह सबैभन्दा बढी घर तथा जग्गाको क्षेत्रमा रहेको छ । बैंकका अनुसार फागुनमा कूल कर्जामध्ये ६३ दशमलव ९ प्रतिशत कर्जा घर जग्गाको धितोमा, कृषि तथा गैरकृषि बस्तुमा १४ दशमलव २ प्रतिशत प्रवाह भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ५ : ३७ बजे

सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी– पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही