प्रधानमन्त्रीलाई निधिको सुझाव : भारत भ्रमणमा जनकपुरधाम–अयोध्या हवाई सेवा प्रस्ताव गर्नू « Khabarhub

प्रधानमन्त्रीलाई निधिको सुझाव : भारत भ्रमणमा जनकपुरधाम–अयोध्या हवाई सेवा प्रस्ताव गर्नू


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा जनकपुरधाम–अयोध्या हवाई सेवा सञ्चालनको विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।

जनकपुरधाममा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका जनकपुरधाम र अयोध्याबीच हवाई सेवा सञ्चालन गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए।

उनका अनुसार हवाई सेवा सञ्चालनले नेपाल र भारतका नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै दुवै धार्मिक सहरमा आउने पर्यटकको आवागमन सहज हुनेछ ।

नेता निधिले जनकपुरधामदेखि अयोध्यासम्म रेल सेवा सञ्चालन गर्ने पहललाई पनि सकारात्मक कदमका रूपमा लिएका छन् । उनले उक्त योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप प्रगाढ बनाउने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै उहाँले भ्रमणको सफलताको शुभकामनासमेत व्यक्त गरे।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ५ : ०३ बजे

मुस्ताङमा ट्राफिक कारबाहीबाट १२ लाख ९६ हजार राजस्व संकलन

मुस्ताङ– मुस्ताङमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ट्राफिक नियम

प्रधानमन्त्रीलाई निधिको सुझाव : भारत भ्रमणमा जनकपुरधाम–अयोध्या हवाई सेवा प्रस्ताव गर्नू

जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

गण्डकी– निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज

मधेसमा सरकार गठन अन्योलमा, कुनै दलले दाबी पेस गर्न सकेन

जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न

भारत ‘ए’ ले गुमायो तेस्रो विकेट, वैभव सूर्यवंशी आउट

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत