२० लाखको स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

२० लाखको स्वास्थ्य सामग्री सहयोग


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

भरतपुर अस्पताललाई कोकाकोला फाउण्डेशन नेपाल र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका सामग्रीमा रु १६ लाख ३२ हजार ८५० को आइसीयूमा प्रयोग हुने एक थान भेन्टिलेटर, छ हजार थान सर्जिकल मास्क, दुई हजार ५०० थान सर्जिकल पञ्जा, १०० थान सुरक्षा पोशाक, केएन–९५ मास्क २०० थान र ५० थान सुरक्षा चश्मा छन् ।

ती सबै सामग्रीको मूल्य रु २० लाख तीन हजार ६५७ रहेको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष होम पाठकले जानकारी दिए ।

उपकोषाध्यक्ष पाठक र रेडक्रस चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष अधिकारीले सबैको साथ र सहयोगले कोभिड–१९ का बिरामीको उपचारमा सहज भएको बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १२ : १५ बजे

संसदमा जब प्रचण्ड ‘न्यायाधीश’ बने…

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विहीबार प्रतिनिधिसभामा

जंगलमै छिरेर मानिसको अत्याचार, मकुनाले पाउनुपर्छ न्याय

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहितको टोलीमाथि जाइलागेपछि

जब सीताराम अफताब आलमको हुलियामा भेटिए…

काठमाडौं– यी तस्बिरका दुई व्यक्ति हेर्नुस् त ! झट्ट हेर्दा

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबीच सम्झौता

काठमाडौं – चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र