रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र | Khabarhub Khabarhub

रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन नगर्न माग राख्दै काठमाडौं महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन माग राख्दै राप्रपाले आज महानगरलाई ज्ञापनपत्र बुझाइएको हो ।

राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले जानकारी दिए ।

अध्यक्ष सिंखडाको नेतृत्वको टोलीले महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीलाई भेटेर बुझाएको ज्ञापन पत्रमा शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भव्य पार्क बनाउनु पर्ने माग गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १ : ५१ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते