‘वार’ को सिक्वेलमा ऋतिकसँगै सलमान र शाहरुख ! « Khabarhub

‘वार’ को सिक्वेलमा ऋतिकसँगै सलमान र शाहरुख !


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जसरी रोहित सेट्टीले ‘एभेन्जर्स’ सिरिजबाट प्रेरणा लिएर ‘सिम्बा’ तथा ‘सिंघम’ र ‘सूर्यवंशी’ मा सिम्बा तथा सिंघमको भूमिका दिएजस्तै आदित्य चोपडाले ‘वार’ को सिक्वेलमा पनि यस्तै प्रयोग गर्ने योजना बनाएका छन् ।

खबरका अनुसार ‘वार’ को सिक्वेलमा पनि टाइगर श्राफका साथ सलमान खान र शाहरुख खानले पनि अभिनय गर्ने भएका छन् ।

यो सिक्वेलमा सलमान खान टाइगर र शाहरुख खान पठानको भूमिकामा देखिने चर्चा छ । यी तीन ठूला स्टार्सलाई एउटै पर्दामा देख्ने भएपछि दर्शक पनि प्रतीक्षित छन् ।

भारतीय मिडियाका अनुसार फिल्ममा दीपिका पादुकोण र क्याटरीना कैफ पनि देखिनेछन् । यी दुवै एजेन्टको भूमिकामा हुने बताइएको छ । यस हिसाबले फिल्मलाई ‘स्पाइ युनिभर्स’ पनि भनिएको छ ।

यद्यपि यशराज ब्यानरले भने यो खबरका बारेमा आधिकारिक जानकारी दिएको छैन । बलिउडमा भने यसबारे चर्चा शुरु भइसकेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ५ : ५२ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९