नुवाकोटमा ‘विप्लव’ समूहका ३ जिल्लास्तरीय नेता पक्राउ « Khabarhub

नुवाकोटमा ‘विप्लव’ समूहका ३ जिल्लास्तरीय नेता पक्राउ


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– प्रहरीले नुवाकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’  समूहका तीन जना जिल्लास्तरीय नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्य गढीगाउँपालिका २ का ४१ वर्षीय रामकुमार अधिकारी, ककनी गाउँपालिका ३ का ४३ वर्षीय शम्भुप्रसाद ढुंगाना र ४५ वर्षीय विनोद ढुंगाना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विदुर नगरपालिका ४ बट्टार बजारमा शंकास्पद गतिविधि गरेर हिँड्डुल गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीसँग सोधपुछ र खानतलासी गर्दा चन्दा रसिद, पार्टीको पर्चा र अन्य कागजात बरामद भएको छ ।

पर्चा पम्प्लेट वितरण गरी गाउँमै लुकिछिपी बसेको अवस्थामा ढुंगानाद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर वलीले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : ०२ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित