एनआरएनए कतारद्वारा अलपत्र १४ नेपाली कामदारलाई निःशुल्क हवाई टिकट « Khabarhub

एनआरएनए कतारद्वारा अलपत्र १४ नेपाली कामदारलाई निःशुल्क हवाई टिकट



दोहा-  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कोरोना भइरसका कारण रोजगारी गुमाएर नेपाल फर्किने हवाईभाडा समेत जुटाउन नसकेका थप १४ जनालाई निःशुल्क टिकटको व्यवस्था गरी स्वदेश फर्काएको छ ।

नेपाल फर्किनका लागि भाडा समेत जुटाउन नसकेका थप १४ जनालाई टिकटको व्यवस्था गरी स्वदेश पठाइएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान जानकारी दिए ।

उनका अनुसार कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यववसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार पाँचौ चरणमा थप १४ जनालाई हवाई टिकट दिएको हो ।

१९ नोवेम्बरमा एक महिना भन्दा बढी एनसीसी कतारले खाना-बस्नको ब्यवस्थापन गरि बसेका माहोत्तरीकी उमा खड्का, सल्यानकी लक्ष्मी कुनवार र रौतहटकी निरा दर्लामी स्वदेश फर्काइएको अध्यक्ष मुसलमानले बताए ।

यसैगरी लामो समयदेखी हमद अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराइरहेका लमजुङका नारायण भण्डारी,काभ्रेका हरि सरन मिजार, इलामका केशव कुमार कार्की, नुवाकोटका गजेन तामाङ लाई हवाई टिकटको व्यवस्था गरिएको उनले बताए ।

उनका अनुसार  सिरहाका पुर्सोत्तम पासवान, ईलामका सुष्मा लेपचा, मकवानपुरका मदन तिमिल्सिना, सिरहाका होमबहादुर कार्की, महोत्तरीका राज कुमार कपार, पर्बतका हरि बहादुर विश्वकर्मा तथा पूर्ण बहादुर बिकेलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको हो ।

हालसम्म एनआरएनए कतारले ४४ जना पीडित नेपालीलाई हवाई टिकेट उपलब्ध गराइ स्वदेश पठाइसकेको जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ५२ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा