कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १९, उदयपुरमा ८, ओखलढुंगामा १, खोटाङमा २, झापामा १ सय ९३, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा ७, भोजपुरमा ३, मोरङमा ७२, संखुवासभामा २८ र सुनसरीमा ५३ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रदेश २ को धुनषामा ४६, पर्सामा ३, बारामा ३, महोत्तरीमा १३, सप्तरीमा १०, सर्लाहीमा ८ र सिरहामा २० जनामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ३५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३१, चितवनमा ८२, दोलखामा ४, धादिङमा ३, नुवाकोटमा ५, भक्तपुरमा ८७, मकवानपुरमा ३७, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १ सय १३, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ९०, गोरखामा १४, तनहुँमा १५, नवलपरासी पूर्वमा १९, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ८, वागलुङमा १२ र स्याङजामा १३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ८, गुल्मीमा ३०, दाङमा ५१, नलवपरासीमा १७, पाल्पामा २५, प्यूठानमा ८, बर्दियामा ४, बाँकेमा १७, रोल्पामा ३ र रुपन्देहीमा ४७ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा मात्र कोरोना भेटिएको छ। जुम्लामा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा १, कैलालीमा ३, डडेल्धरामा ६, डोटीमा २, दार्चुलामा १३, बाजुरामा ४ र बैतडीमा १३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ५३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा