सातवटै प्रदेशमा फोरजी विस्तारको काम तीब्र « Khabarhub

सातवटै प्रदेशमा फोरजी विस्तारको काम तीब्र


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीब्रता दिएको छ ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले सात वटै प्रदेशमा फोरजी सेवा विस्तारको कामलाई तीव्रता दिइएको जानकारी दिइन् । बिहीबार काठमाडौंमा आयोजित ‘संचारकर्मीहरुसँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले फोर जी सेवा विस्तारका लागि साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको पनि बताए ।

नेपाल टेलिकमले १२ महिनामा सम्पन्न हुने गरी सबै प्रदेशमा फोर जी सेवा संचालन गर्ने सम्झौता गत माघ २० गते गरेको थियो । सोही सम्झौता अनुसार सबै प्रदेशमा साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको प्रवक्ता बैद्यले बताए । उनले फोरजी सेवा विस्तारका लागि आवश्यक उपकरणहरु भित्रयाउने काम सुरु गरिएको र त्यसको जडानको काम अर्को हप्ताबाट सुरु गर्ने पनि बताए ।

नेपाल टेलिकमले सबै प्रदेशमा फोर जी सेवा विस्तारका लागि चीनको जी कम्पनी र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौंता गरेको थियो ।

प्रवक्ता वैद्यले १ करोड लाईन मोबाईल आयोजना अन्तरगत समस्या देखिएको ठाउँमा ग्राहकको माग अनुसार मोबाईल टावर थप गर्ने कामलाई पनि निरन्तरता दिइएको बताए । नेपाल टेलिकमले सो आयोजना अन्तरगत मोवाईल टावर थप गर्ने काम चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको पनि जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ४ : २१ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको