जहाँका महिला जीवनभर मात्र एकपटक बिहेको समयमा नुहाउँछन् ! « Khabarhub

जहाँका महिला जीवनभर मात्र एकपटक बिहेको समयमा नुहाउँछन् !


११ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवन पर्यन्तसम्म मात्रै एकपटक नुहाउने गर्दछन् । त्यो पनि आफ्नो विवाह हुने बेलामा ।

उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । साथै उनीहरुले आफ्नो कपडा धुन पनि पाउँदैनन् । त्यहाँका महिलाको शरीरको छालाको रंग पनि रातो हुन्छ ।

हिम्बा जनजातीका महिलाहरु नुहाउनुको साटो शरीरबाट दुर्गन्ध नआओस् भनेर विशेष प्रकारका जाडिबुटीहरुलाई पानीमा उमालेर त्यसबाट आउने वाफले आफ्नो शरीरलाई फ्रेस राख्ने गर्दछन् । त्यसै कारणले कहिल्यै ननुहाउँदा पनि उनीहरुको शरीर दुर्गन्धित भने हुँदैन ।

प्राय जिउ नांगो राख्ने यस समुदयाका महिलाहरु आफ्नो छालालाई घामबाट बचाउनका लागि विशेष खालको लोसन लगाउने गर्दछन् ।

त्यो लोसन जनावरको बोसो र हेमाटाइट नामक खनिजको धुलोलाई एकसाथ मिलाएर तयार पारिन्छ । हेमाटाइटका कारण छालाको रंग रातो हुने गर्दछ ।

लेपनले उनीहरुको ज्यानलाई किराहरुले टोक्नबाट जोगाउने गर्दछ । पुरुषहरुबाट अलग देखिनलाई पनि त्यस समुदायका महिलाहरु शरीरमा रातो रंग लगाउँने गर्दछन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ६ : ३९ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका