बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरमा ५५८ स्वास्थ्य स्वयमसेविका परिचालन « Khabarhub

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरमा ५५८ स्वास्थ्य स्वयमसेविका परिचालन

२७९ वुथबाट २ दिनमा ५५ हजार बालबालिकालाई भिटामिन खुवाइने


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज र भोलि गरेर काठमाडौं महानगरका करीब ५५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरमा ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ । उनीहरुले २७९ वुथबाट २ दिनमा करीब ५५ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउनेछन् ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २१ लगनमा आएका बालबालिकालाई खोप दिएर कार्यक्रमको शुभारम्भ गरे ।

जनस्वास्थ्य विभागकाअनुसार गएको असार महिनामा ५४ हजार ९६८ जनालाई खोप दिइएको थियो । त्यस्तै गएको वर्ष कार्तिकमा ६१ ह्जार ७०९ जनालाई खुवाइएको थियो ।

महानगरले हरेक अभिभावकलाई ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ ।

यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ । रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यस कार्यक्रममा आउने अभिभावकलाई–भिटामिन ए पाइने र घरमै पाइने खाद्यवस्तुका बारेमा जानकारी दिने गरिएको छ ।

कार्यक्रममा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  २ : २० बजे

फिल्म ‘टिका’ बन्ने; महेश, वर्षा र ऋचा शीर्ष भूमिकामा

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी फिल्म ‘टिका’ निर्माण

विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल : कानुनमन्त्री सिन्हा

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा

दोलखामा जगदीश खरेल विजयी

दोलखा- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश

देउवालाई नैतिकताको पाठ पढाउने गगन अब के गर्लान् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा लोकतन्त्र, विधिको शासन, सदाचारिता,

एमालेको इतिहासमै लज्जास्पद नतिजा : प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित

काठमाडौं- फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले