मोरङमा थप दुई संक्रमितको मृत्यु | Khabarhub Khabarhub

मोरङमा थप दुई संक्रमितको मृत्यु


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङमा थप दुई संक्रमितको मृत्यु भएको छ । मोरङको लेटाङ र रतुवामाईका संक्रमित दुई वृद्धको मृत्यु भएको हो ।

लेटाङका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा र रतुवामाईका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।

लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान ज्यान गएको छ । अस्पतालका ब्यवस्थापक नारायण दाहालका अनुसार कोरोजना पोजिटिभ आएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वास, खोकी लाग्ने तथा ज्वरोको समस्या देखिएका उनको भेन्टिलेटरमा राखेर उपचार गराउँदै गर्दा मृत्यु भएको दाहालले जानकारी दिए ।

रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ ।

रतुवामाई नगरपालिकाका मेयर रविन राईले कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजेतिर ज्यान गएको जानकारी दिए ।

उनका अनुसार सामान्य रुघाखोकी लागेपछि वृद्धको पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १ : ३७ बजे

नयाँ पुस्ताको चेतना, पुरानै संरचना पुनरागमनको खतरा

भाद्र २३ र २४ मा नेपालको इतिहासले नयाँ मोड लियो।

के तपाईं घरमा हावा शुद्ध पार्ने बिरुवा रोप्न चाहनु हुन्छ ? 

काठमाडौं– आफ्नो घरको बगैँचालाई राम्रो र सुन्दर बनाउनका लागि थरिथरिका

सरसफाइमा लापरवाही देखिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द 

काठमाडौं– सरसफाइमा लापरवाही गरेको भन्दै काठमाडौंको चाबहिलस्थित ओम अस्पतालको क्यान्टिन

जनार्दनको पत्रकार सम्मेलनमा राम कार्की उपस्थित हुने, सुदन किराती नजाने

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट बिदा हुन लागेका नेता जनार्दन शर्माले

प्राधिकरणको प्रबन्ध निर्देशकमै बहालीका लागि हितेन्द्रदेव सर्वोच्चमा, निरौलाको इजलासमा पेशी

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई